कांग्रेस नेता गणेशप्रसाद विमलीको निधन
काठमाडाैं | चैत ८, २०७९
काठमाडौं : नेपाली कांग्रेसका तेह्रथुमका पूर्वजिल्ला सभापति एवं संविधान सभा सदस्य गणेशप्रसाद विमलीको ७४ वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित नेता विमलीको भारतमा उपचारका क्रममा मंगलबार राति निधन भएको हो।
२०३६ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध हुँदै सक्रिय राजनीतिमा प्रवेश गरेका विमली नेपाली कांग्रेसको जिल्ला सभापतिहुँदै महाधिवेशन प्रतिनिधि,महासमिति सदस्यलगायत विभिन्न सांगठनिक पदमा बसेर जिम्मेवारी निर्वाह गरेका थिए।
उनको निधनबाट कांग्रेसले एक अनुभवी अग्रज गुमाएको जनाएको छ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

